रहेनन् आत्मदाह प्रयास गरेका गणेश

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ । करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएकाे छ ।

अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ । उनको मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियाे ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे ।

आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

प्रतिक्रिया