मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन् । हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरु दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन् ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल ‘न्याय मार्च’ काठमाडौं पु्ग्ने बताइएको छ ।

मिटर ब्याजविरुद्ध सरकारलाई घचघच्याउन उनीहरु मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौं पैदल हिँडेका हुन् । उनीहरु बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका हुन् ।

उनीहरु आज धनुषाको महेन्द्रनगरबाट महोत्तरीको बर्दिवासतर्फ अघि बढेका छन् । करिब १ सातामा उनीहरु काठमाडौं पुग्नेछन् । सरकारले चार पटक सहमति गरेर पनि कार्यान्वयन नभएपछि दबाबका लागि फेरि काठमाडौं जानुपरेको उनीहरुको भनाइ छ ।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया