चोरीको गाडी प्रयोग गरी चोरी गर्दा गर्दै एक युवक पक्राउ

सर्लाही । प्रहरीले चोरीको गाडी प्रयोग गरी चोरी गर्दा गर्दै एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका हुन् ।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन् ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही, बागमती नगरपालिका–६ बस्ने १८ वर्षीय जुमुन मियाँ रहेको प्रहरीले जनाएको छ । उनको साथबाट मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप मिति २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ भने गाडीसँग मेल खाएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया