मन्त्रीको निवासमा प्रहरीले छापा मारेकोप्रति सरकारलाई एमाले सांसद राईको प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ’, उनले भने, ‘प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।’

सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकोमा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना भएमा मात्र समय माग गरेर बोल्न आग्रह गरे ।

प्रतिक्रिया