प्रतिनिधिसभाको बैठक सुरु : प्रतिपक्षी दलहरुको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु भएसँगै प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेका छन् । केही बेरअघि सुरु भएको बैठकमा प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री वालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् । आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए । यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) श्रम संस्कृति पार्टीलगायतले धेरै दिनदेखि प्रधामन्त्री वालेन शाहको अभिव्यक्तिप्रति विरोद्ध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया