
पाँचथर । जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनले सभापतिमा प्रकाश गुरुङलाई निर्विरोध चयन गरेको छ । जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले गुरुङ सभापतिमा सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गरीएको को हो ।
त्यसैगरी समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी र इन्द्र लावती चयन भएका छन् ।
अधिवेशनले जिल्ला कार्यसमितिसँगै विभिन्न २६ वटा समितिका पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरेको जिल्ला पुर्व जिल्ला सहसचिव तथा केन्द्रीय प्रतिनिधि कुमार शिवाकोटीले जानकारी दिए ।
पार्टीको संगठन विस्तार, स्थानीय तहसम्म संरचना सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ ।
प्रतिक्रिया