
काभ्रे । दैनिकजसो विभिन्न ठाउँका किसानले तरकारीको उचित मूल्य नपाएको गुनासो सर्वत्र छ । उनीहरुले लगाइएको तरकारी बालीमा व्यापक विषाधी प्रयोग भइरहेको खवरहरु पनि सर्वत्र नै छ । यता उपभोक्ताहरु बिचौलियाको मारमा परिरहेको खवरहरु दैनिकजसो आइरहेको नै छ । यसैबीच एक पटक हजारौँ किसानलाई गोलबन्द गरी लाखौँँ उपभोक्तासम्म जोड्ने नीति र प्रविधिसहित मोबाईल एप्समार्फत जोड्न लागेको छ ।
२०८१ वैशाख २७ मा ‘माटोदेखि सफलतासम्म’ भन्ने मुल नारा लिई स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिले मोबाईल एप्समार्फत एकै क्लिकमा उपभोक्ताको भान्सामा तरकारी तथा फलफूल पुर्याउने नयाँ एप्स सहितको विषेश योजना ल्याएको छ ।
विषाक्त तरकारी तथा फलफूलमा पनि अत्याधिक बिचौलिया र असमान, अस्वभाविक मुल्यको मारलाई समेत लक्षित गरी सुपरमार्टमार्फत किसानका उत्पादनलाई ग्रेडिङ, प्योजिङ, भण्डारण गरी सिधै उपभोक्ताको भान्सामा पुर्याउने योजना ल्याइएको कम्पनीका अध्यक्ष विशाल हुमागाँईले बताएका छन् ।

हालै उक्त सेवा लिन १५ हजार जना जोडिसकेको सो सेवा काठमाण्डौं ललितपूर, भक्तपुर, काभ्रे निवासी व्यक्तीहरुले लिन सक्ने बताइएको छ । सर्वप्रथम उक्त कम्पनीले उपलब्ध गराएको राष्ट्रिय कृषि बजार एप्स गुगल प्ले स्टोरमा गएर डाउनलोड गरी आफ्नो नम्बरबाट रजिष्टर गरी कस्टमर आईडी बनाउनुपर्ने छ र उक्त एप्समार्फत हप्ताको दुई पटकसम्म आफूलाई आवश्यक रहेको तरकारी तथा फलफूलको विवरण माग गर्न सकनिे र माग गरिएको केही समयमा नै उक्त कस्टमरको लोकशनमा डेलिभरी समेत हुने व्यवस्था गरिएको बताइएको छ ।
उनले यसमा किसान स्वमं जोडिन सक्ने जसको लागि कम्पनीको उत्पादन नीति प्रविधि लाई अँगाल्नुपर्ने धारणा राखेका छन् । कृषि प्रविधि लाई जोडेर समुहगत किसानलाई ति उत्पादित बस्तुको बजार मागको तथ्य उत्पादन अवस्था र उत्पादन क्षमता तथा समयको समेत कुरालाई बुझेर त्यस्ता उपभोक्ताका माग भएका बस्तुहरुको ती समुहगत किसान मार्फत उत्पादन गराएर उनीहरुको उत्पादनलाइृ वजन वास प्रविधि माफैत ९९ प्रतिशत विषादी रहित बनाई उपभोक्ताको भान्सामा पुर्याउने काम अन्तिम चरणमा पुगेको कम्पनीका अध्यक्ष हुमागाँईले बताए ।
यस कम्पनीमा ५ हजार शेयर सदस्यबाट ८५ करोड पुँजी रहेको जसमा तराईका ८ जिल्ला पूर्व नेपालदेखि पश्चीम नेपालसम्मका रैथाने उत्पादनलाई समेत जोड्ने दीर्घकालिन लक्ष्य लिएको बताएका । काभ्रे जिल्लाको पनौती– ५ प्रहरी प्रशिक्षण केन्द्र अगाडी सुरु गरिएको वजन वास प्रविधिको काममा भने हाललाई काभ्रे जिल्लाको १३ वटै स्थानीय तहाका किसान र छिमेकी जिल्लाहरु रामेछाप, सिन्धुपाल्चोक दोलखाका किसानका उत्पानलाई समेत प्राथामिकता दिइने बताइएको छ ।

२०८७ सम्म ६० हजारको संंख्यामा किसान समूह बनाउने जसमा १२ लाख किसानलाई आवद्ध गराउने लक्ष्य कम्पनीले लिएको अध्यक्ष हुमागाँईले एक पत्रकार सम्मेलन गरी जानकारी दिए । सुरक्षित खाद्य प्रणालीको नीति लाई अवलम्बन गरी वजन वास गरेका तरकारीका ल्याब टेष्ट समेत गरेर हेरिएको बताउँदै किसानलाई बिषादी सहितको उत्पादन भन्दा पनि बिषादी रहित अर्गानिक कृषि उत्पादन तर्फ जोड दिन उक्त प्रविधि अपनाइएको बताइएको छ ।
के हो वजन वास प्रविधि ?
उपभोक्ताका लागि सुरक्षित र स्वास्थ्यकर विकल्पको रुपमा यसलाई अन्य मुलुकमा समेत अवलम्बन गरिँदै आएको छ । यस प्लेटफर्मबाट खरिद गरिने तरकारी तथा फलफूल ‘ओजोन वासिङ प्रविधि’ प्रयोग गरी सफा गरिन्छ । कम्पनीका अनुसार यस प्रविधिले विषादीको मात्रा घटाउने,ब्याक्टेरिया तथा हानिकारक जीवाणु नष्ट गर्ने, खाद्यजन्य रोगको जोखिम कम गर्ने, उत्पादनलाई लामो समयसम्म ताजा राख्ने जस्ता फाइदा प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले विषादीको जोखिम र सचेतनामा बजारमा बढ्दो रासायनिक विषादी प्रयोगप्रति चिन्ता व्यक्त गर्दै उत्पादन गर्ने किसान देखि उपभोग गर्नेलाई विषादीका कारणः स्नायु प्रणालीमा असर,पाचन समस्या,एलर्जी तथा छाला रोग,दीर्घकालीन रूपमा क्यान्सर र अंग क्षतिको जोखिम बढ्ने जनाइएको छ । कम्पनीले सर्लाहीमा च्याउ उत्पादन प्रोजेक्टमा दैनिक १५ सय किलो सम्म उत्पादन क्षमताको रहेको जसमा सर्लाहीका सयौँ किसानहरुलाई समेट्न लागिएको बताइएको छ ।
कम्पनीले स्थानीय सरकार, प्राईभेट कम्पनी, सहकारी, संघ संस्थाहरुको नीतिगत सहयोग, समन्वयमा किसानको सक्रिय सहभागिता गराउने उनीहरुलाई नविनतम् पूर्वाधार उपलब्ध गराइ उत्पादन लागत घटाई अधिकत्तम् गुणस्तरीय अर्गानीक बस्तु उत्पादन गराउने र वितरण प्रणालिमा समेत चुस्तता ल्याउन आम नागरिकको समेत सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए ।
प्रतिक्रिया