
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा उनले आफू पदबाट अलग हुने निर्णयबारे जानकारी गराएका हुन् । बैठक सकिएपछि श्रेष्ठले सञ्चालकहरूलाई जानकारी गराउँदै सरकारलाई सहयोग गर्ने उद्देश्यले आफूले पद त्याग गर्ने निर्णय लिएको बताएका थिए । बैठकपछि उनी राजीनामा पत्र बुझाउन अर्थ मन्त्रालय पुगेका छन् । उनले आफ्नो राजीनामा डॉ. स्वर्णिम वाग्ले समक्ष बुझाउने जनाइएको छ ।
श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठको राजीनामासँगै धितोपत्र बोर्डमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने भएको छ । आगामी नेतृत्व चयन र नियामक निकायको कामकारबाहीमा यसले प्रभाव पार्ने देखिएको छ ।
प्रतिक्रिया