
काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा दुईवटा नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘रेड नेचर’ (Red Nature) र ‘ब्लु नेचर’ (Blue Nature) नामका ४० यू.पी. प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यी नयाँ उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभरका बजारमा उपलब्ध हुने छन् । आधुनिक उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई मध्यनजर गर्दै उच्च गुणस्तरलाई प्राथमिकता दिएर यी स्पिरिटहरू तयार पारिएको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड र आकर्षक मूल्य
उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको जानकारी दिँदै कम्पनीले यसको प्याकेजिङ र फ्लेभरलाई अत्यन्तै सन्तुलित बनाएको जनाएको छ ।
७५० एमएल क्षमताको बोतलमा उपलब्ध हुने यी दुवै उत्पादनको अधिकतम खुद्रा मूल्य (एमआरपी) रु. १,२२० तोकिएको छ । आकर्षक प्याकेजिङ र उत्कृष्ट स्वादका कारण यसले प्रिमियम सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउने विश्वास कम्पनीले लिएको छ ।
‘न्यु इयर, सेम सर्कल’ को अवधारणा
नयाँ उत्पादन सार्वजनिक गर्दै कम्पनीले ‘न्यु इयर, सेम सर्कल’ (New Year, Same Circle) भन्ने नयाँ अवधारणा पनि अघि सारेको छ । यस मार्फत नयाँ वर्षको खुसीयाली आफ्ना पुराना र नजिकका साथीभाइहरूसँगै बसेर मनाउन सन्देश दिइएको छ।
कम्पनीका एक अधिकारीले भने, ‘हामीले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्नुका साथै जिम्मेवार पिउने (रेस्पोन्सिबल ड्रिङ्किङ) संस्कृतिलाई पनि प्रवर्द्धन गर्न चाहेका छौं ।’
माउन्ट एभरेस्ट डिस्टिलरीले आगामी दिनमा पनि बजारको माग र उपभोक्ताको चाहना अनुसार थप नवीन तथा स्तरीय उत्पादनहरू सार्वजनिक गर्दै लैजाने योजना बनाएको जनाइएकाे छ ।
प्रतिक्रिया