सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु ३ हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७८० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९४५ कायम भएको थियो ।

गत मंगलबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ८४५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया