सेगवे ई११०एल नयाँ अफरसहित पुनः बजारमा

काठमाडौँ । नयाँवर्ष २०८३ को अवसरमा सेगवे ई११०एल मा विशेष अफर घोषणा गरिएको छ । नेपाली बजारमा रुचाइएको यो मोडेल रु. २ लाख ८४ हजार ९९९ रुपैयाँमा पुनः सार्वजनिम गरिएको हो । ।

यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ । सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ हजार सम्म बचत गर्न सक्नेछन् ।

यो अफरमार्फत सेगवे ई११०एललाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा २४०० वाटको मोटर छ, जसले १५० न्यूटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा सम्म पुग्छ । यसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि बिना खास कठिनाइ सजिलै सम्हाल्न सक्छ । यो स्कुटरमा आवश्यकता अनुसार तयार गरिएको ट्रेलोर्ड बुशलेस मोटर प्रयोग गरिएको छ । ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्ने कम्पनीले जनाउको छ ।

राइडिङ अनुभवलाई ध्यानमा राखेर यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिने कम्पनीको दाबी छ । एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल दिन्छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ ।

प्रतिक्रिया