आज पनि ७ हजार ४०० ले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९७ हजार ६०० कायम

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु ७ हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया