अर्थ मन्त्रालयले गर्यो उपसचिवको सरुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । बालेन शाह नेतृत्व नयाँ सरकारको अर्थ मन्त्रालयले पहिलोप टक मन्त्रालयका उपसचिवहरूको मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो सरुवा गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मेरिट अनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

यसरी सरुवा गर्दा मेरिटको अन्तिमतिर भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ। रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधिअनुसार अब अब्बल हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

यस्तो छ सरुवा र पदस्थापनको सूची

प्रतिक्रिया