काठमाडौं । गुरुङ भाषाका चलचित्रहरूमा अभिनय प्रस्तुत गर्दै आएका रामप्रसाद गुरुङको आवाज र अभिनय रहेको ‘फुलै फुलेको’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गुरुङलाई संगीता गुरुङले आवाजमा साथ दिएकी छन् ।
त्यसैगरी गीतमा शब्द र संगीत बिन खातीको रहेको छ । त्यस्तै रामप्रसाद गुरुङ, निशु गुरुङको मुख्य भुमिका रहेको भिडियोमा श्रृंगार आशिष गुरुङ, छायांकन सन्देश गुरुङ, सम्पादन बिनिता गुरुङ, कोरियोग्राफी र निर्देशन जसु गुरुङको रहेको छ ।
उक्त गीतको भिडियो रोधी प्लस नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ , स्याङ्जा जिल्लाको भिरकोट नगरपालिक– ९ मा जन्मिएका गुरुङले कला क्षेत्रममा आफ्नै पहिचान बनाउन लागेको बताए ।
आधा दर्जनभन्दा बढी भिडियोहरूमा अभिनय गरेका गुरुङले आफू अभिनित गुरुङ भाषाको चलचित्र ‘आमाको मन’ र ‘ङोल्स्यो रामह्रानी’ मा पनि उनको जिवन्त अभिनय रहेको बताए ।
प्रतिक्रिया