महासचिव मिश्रद्वारा ‘लोकतान्त्रिक सहिद सन्तति वृत्ति कोष स्थापना

सहिदका बालबालिकाको शिक्षामा खर्च हुने

काठमाडौं । ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौँ’ भन्ने नाराका साथ लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले सहिद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् । मिश्रले मधेस आन्दोलनका समयमा सहादत प्राप्त वीर सहिदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि सो कोष स्थापनाको घोषणा गरेका हुन् ।

महासचिव मिश्रले आफ्नो जन्मदिनको अवसर पारी सो वृत्ति कोषको घोषणा गरेका हुन् । मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुने मिश्रले बताएका छन् ।

‘सहिद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट ५१ हजार रूप‌ैयाँसहित प्रारम्भिक योगदान घोषणा गरेका हुन् । उनले सहिदको बलिदानको सम्मानमा यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्य गर्न सक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया