काभ्रेमा खैरो हिरोइन र ब्राउन सुगरसहित दुई जना पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले खैरो हिरोइन र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज शुक्रबार बिहान ६ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका– ११ बाझोखेतस्थित विपी राजमार्ग सडकखण्डमा विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा भकुण्डेबेसीबाट धुलिखेलतर्फ आउँदै गरेको मे १ च ३५९७ नम्बरको स्कारपियो गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त गाडी रोकेर चेकजाँच गर्ने क्रममा ईलामको रोङ गाउँपालिका– ३ बस्ने वर्ष ३२ का सुमन राई र सोही गाडीका चालक इलामको माई नगरपालिका– १ आँपटारी बस्ने वर्ष २७ का तेज कुमार बराईलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुमध्ये सुमन राईको साथमा रहेको निलो झोलाभित्र निलो रङको जिन्स पाईन्टको खल्तीबाट लागुऔषध खैरो हिरोईन र ब्राउन सुगर फेला परेको हो ।

९ ग्राम १७० मिलि ग्राम भएको उक्त ब्राउन सुगर र उनी सवार रहेको स्कार्पीयो गाडीसमेत नियन्त्रणमा लिएर आजै काभ्रे जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । न। १ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईली छन् ।

प्रतिक्रिया