फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

पाँचथर । फिदिममा एआईको प्रयोगबारे पत्रकारलाई तालिम सुरू गरिएको छ । तालिम नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी ३ दिने तालिम बिहीबारबाट नेपाल पत्रकार महासंघ फिदिमको सभा हलमा सुरू भएको हो ।

आन्तरीक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तालिम सुरू भएको महासंघले जनाएको छ ।

उक्त तालिममा क्रियासिल ३५ जना पत्रकारहरु सहभागी छन् । तालिमका सहभागीहरुलाई पत्रकार जीवज भण्डारीले सहजीकरण गरिरहेका छन् ।

पत्रकार महासंघका शाखा अध्यक्ष भीम बास्कोटाको अध्यक्षतामा उद्घाटन पत्रकार महासंघका केन्द्रिय सदस्य लवदेव ढुंगानाले गरेका थिए । उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष गिरिराज बास्कोटा र पूर्वअध्यक्ष लक्ष्मी गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया