सकसमा देखिँदै ‘गोथे’

काठमाडौँ । कलाकार राजु पौडेल ‘जुठे’ सिरियलबाट बाहिरिइसकेका छन् । सो सिरियलमा उनी ‘गोथे’ नामक पात्रमा देखिँदै आएका थिए । उनले आफ्नो सोही पात्रलाई सकस सिरियलमार्फत निरन्तरता दिने भएका छन् । यो सिरियलमा राजुले गोथेलाई मुख्य पात्रको रूपमा प्रस्तुत गर्न लागेका हुन् ।

‘सकस’ सिरियल राजु पौडेलले नै लेखन, निर्देशन र अभिनय गर्दै आएका छन् । अब उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’ लाई पनि सकसकै मुख्य कथामा राख्न लागिएको राजुले बताए ।

उनले भने, ‘जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो । यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ ।’
सकसमा उनले यसअघि गरेका अन्य पात्र यथावत नै रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिने राजुले बताए । ९४ भागबाट गोथे पात्रलाई सकसमा देख्न पाइने उनले बताए ।

राजु यतिबेला आफ्नो टिमसहित पोखरामा यो सिरियलको छायांकन गरिरहेका छन् । ‘सकस’ का अन्य कलाकारहरू यथावत छन् भने पोखराका केही कलाकारहरू पनि जोडिएको उनले जानकारी दिए ।

प्रतिक्रिया