काठमाडौँ । निर्देशक राजेन्द्र लुइँटेललाई युनिभर्सल बुक अफ वल्र्ड रेकर्डले सम्मान गरेको छ । लुइँटेलले सर्वाधिक उचाइमा म्युजिक भिडियो छायांकन गरेका थिए ।
काठमाडौँमा आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष र अन्य विशिष्ट व्यक्तिहरूले उनलाई सम्मान प्रदान गरे । लुइँटेलले यसअघि ‘जिनियस म्युजिक अवार्ड, हिमालयन इन्टरनेसनल अवार्ड र दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड’ जस्ता पुरस्कारहरू जितिसकेका छन् ।
काठमाडौँमा आयोजित एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सांसद सन्तोष चालिसे, अब्दुल खान र संस्थाकी प्रमुख एवं द अब्रेल्स टाइम्सकी चिफ इडिटर डा.शिखा नरुला लगायतले उनलाई उक्त सम्मान प्रदान गरे ।
प्रतिक्रिया