भीष्मराज फुलाराको नयाँ गीत ‘पुतली’

काठमाडौँ । साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईंको संगीत र पछिल्लो पुस्ताका चर्चित गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक गरिएको छ ।

बलिउडका चर्चित संगीत संयोजक निषाद चन्द्राको एरेन्ज रहेको गीतको भिडियोमा मोडलद्वय प्रदीप लामा र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

सुनिल विकको निर्देशन रहेको भिडियोमा अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर र सुमित राजवंशीको समेत अभिनय देख्न सकिन्छ । शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के.मानन्धरको छायांकन रहेको भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

प्रतिक्रिया