शर्मिला र प्रमोदको आवाजमा ‘खै त मायाले कुरा बुझेको’

काठमाडौं । गायिका शर्मिला बर्देवा र गायक प्रमोद शर्माको आवाजमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

दिनेशराज पुरीको उक्त गीतमा शब्द सिर्जना रहेको छ । स्टुडियो २१, म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकर्डिङ गरिएको गीतको मिक्स तथा मास्टरिङ मनोज परियारले गरेका हुन् ।

सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ, बिना रावत, श्री स्वस्थानी तामाङ लगायतको अभिनय रहेको छ । त्यसैगरी भिडियोमा छायाकंन करन चैसीर गरेका हुन् भने सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् ।

प्रतिक्रिया