काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु १ हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल रु १ लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया