काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनाप्रति आफू स्तब्ध भएको बताएका छन् ।
सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गरेका छन् । उक्त विमान बोइङ ७८७–८ विमान थियो ।
विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक रहेको बताइएको छ । एयर इन्डियाले १८०० ५६९१ ४४४ नम्बर पनि जारी गरेको छ ।
यो हटलाइन नम्बर यस दुर्घटनासँग सम्बन्धित जानकारीको लागि मात्र जारी गरिएको हो । अहमदाबाद प्रहरीले प्रहरी आपतकालीन सेवाहरू र विमान दुर्घटनाको बारेमा जानकारीको लागि अहमदाबाद शहर प्रहरी आपतकालीन नम्बर ०७९२५६२०३५९ पनि जारी गरेको छ ।
प्रतिक्रिया