काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् । बुधबार नेपाल अमेरिका व्यापार : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् ।
उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’
उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौ । यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ ।’
मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए । त्यस्तै, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीको प्रमुख आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवाडाले नेपालले अमेरिकी सरकारसँग कुरा गर्दा क्षेत्र फरक फरक बनाएर माग गर्न पर्ने धारणा राखे । उनले भने, ‘नेपाल र अमेरिका लामा समयदेखिका विकास साझेदार देश हौं त्यसैले हामीले हाम्रा लागि तत्काल फाइदा हुने र दिर्घकालमा फाइदा हुन विषय अलग अलग बनाएर कुरा गर्न सकिन्छ ।’
सोहि कार्यक्रममा नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरण कुमार शाखले नेपाल र अमेरिकाको व्यापार बढाउन अब हाम्रा देशले भ्यालु एड गर्न सक्ने बस्तुहरुहरुमा मात्र कसिलो कुरा गर्न पर्ने धारणा राखे । उनले भने, ‘ नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अब व्यापारीक रुपमा पनि बजबुद बनाउन पर्यो । हाल अमेरिकी प्रशासनले संवेदनशील बस्तु जसमा १० प्रतिशभन्दा धेरै कर लाग्छ त्यस्ता बस्तु थोरै छन् । नेपालले शुन्य प्रतिशत कर लगाइरहेको विषयमा भने नेपाल सरकारले राम्रो सँग कुरा राख्न पर्छ ।’
त्यस्तै, गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपति पाण्डेले नेपालबाट वर्षौदेखि शुन्य प्रतिशत भन्सार लगाइरहेको बस्तुमा अब १० प्रतिशत लाग्या भने यो व्यवसाय टिक्न नसक्ने बताए ।
प्रतिक्रिया