काठमाडौँ । बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । बृहत् वृक्षरोपण कार्यक्रमअन्तर्गत वडा–३ को कार्यालय परिसरमा १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।
प्रतिक्रिया