काठमाडौँ । गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १ हजार ६०० ले वृद्धि भएको छ, भने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु १ लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु २ हजार १५० मा कारोबार भइरहेको छ ।
गत मंगलबार एक तोला सुन रु १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु २ हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया