कागेश्वरी मनोहरा– ५ बालश्रममुक्त वडा घोषणा

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ५ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर कागेश्वरी मनोहरा नगरपालिका–५ लाई बिहीबार बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको सुरुवात वडा नं. ५ बाट गरिएको नगरपालिकाले जनाएको छ । अन्य वडाहरुलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने पनि बताइएको छ ।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं. ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान समेत प्रदान गरेकि थिइन् ।

प्रतिक्रिया