काठमाडौँ । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो ।
प्रतिक्रिया