महिला यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।

आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन । साथै सुमैया अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले ९ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया