किराँतीहरूको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्ववेद, रामायण र महाभारतमा किराँती राजा र जनताबारे उल्लेख गरेको पाइन्छ । त्यसैगरी प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखमा पनि किराँत जाति र किराँत सभ्यताबारे उल्लेख रहेको पाइन्छ ।
संविधान निर्माणका क्रममा सहमति जुट्न नसकेपछि प्रदेशहरूको नाम पूर्वबाट पश्चिमतर्फ १, २, ३ गर्दै राखियो । यो नामकरण अन्तरिम थियो । सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले नामकरण गर्ने व्यवस्था संविधानमै गरियो । संविधानको यो व्यवस्थाअन्तर्गत अन्य सबै प्रदेशको नामकरण करिब–करिब सर्वसम्मत रूपमा भयो । तर, प्रदेश १ को नामकरणका सन्दर्भमा भने विवाद भयो । विवादका बाबजुद दुई तिहाइ बहुमतद्वारा कोसी प्रदेश नामकरण भइसकेको छ । तर, असन्तुष्ट पक्षले ‘कोसी’ नाम खारेज गर्नुपर्छ भन्दै आन्दोलन जारी राखेको छ ।
कोसी प्रदेश नाम खारेज गरौँ भन्ने माग र आन्दोलन एकदमै सही छ । तर, त्यसपछि अर्को नाम के राख्ने ? हामीले अहिल्यै प्रष्ट भएर जानुपर्ने देखिन्छ । किनभने, अर्को (सरकार र सरकार पक्षका अनुदारवादीहरू) ले यसै विषयमा खेल्न सक्छन्, खेल्न खोजेका छन् । हुन पनि अनुदारवादीहरूको तर्क के देखिन्छ, सुनिन्छ भने, पहिचान पक्षधर भनिनेहरूमा फेरि पनि अर्को नाम के राख्ने भन्ने सम्बन्धमा सहमति हुनेछैन, उनीहरूबीचमा नै के नाम राख्ने भन्नेसम्बन्धमा मारामार हुनेछ ।
हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोसी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको कूल क्षेत्रफल २५ हजार ९०५ वर्ग कि. मि. तथा कूल जनसंख्या ४५ लाख ३४ हजार ९४३ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशी लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । धार्मिक आधारमा ६७ प्रतिशत हिन्दू, १७ प्रतिशत किराँत, ९ प्रतिशत बौद्ध, ४ प्रतिशत इस्लाम, २ प्रतिशत इसाइ र १ प्रतिशत प्रकृति धर्म मान्नेहरू रहेका छन् ।
यस प्रदेशमा ९३ वटा मातृभाषा बोलिन्छन् । यस प्रदेशमा बोलिने प्रमुख पाँच मातृभाषाहरूमा नेपाली ४३ प्रतिशत, मैथिली ११ प्रतिशत, लिम्बु ७ प्रतिशत, थारू ४ प्रतिशत र बान्तवा ३ प्रतिशत रहेको छ । यी पाँच भाषाभाषीको संख्या ६७ प्रतिशत र बाँकी ८७ भाषाभाषीको संख्या ३३ प्रतिशत रहेको छ । जातीय आधारमा नेपालका १२५ जातिहरूमध्ये यस प्रदेशमा १२२ जातजातिको बसोबास छ । यस प्रदेशमा क्षेत्री र बाहुन २७ प्रतिशत छन् । त्यसपछि क्रमशः राई ११ प्रतिशत, लिम्बु ८ प्रतिशत र तामाङ ५ प्रतिशत रहेका छन् । एक प्रतिशतभन्दा बढी जनसंख्या भएका १९ जातिहरूको जनसंख्या ८२ प्रतिशत रहेको छ ।
यो पङ्तिकारको विचारमा ‘किराँत–किराँती’ सभ्यतालाई प्रायः सबै जसो इतिहासकार तथा लेखकहरूले विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रुपमा पैmलिएको सभ्यतामध्ये एक भनी स्विकार गरेका छन्, मानेका छन् । हुन पनि किराँत/किराँतीहरू हजारौँ वर्षअघि ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किराँतीहरूले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै गरिकन कस्मिरपूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिम, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किराँतहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ ।
किराँतीहरूको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारतमा किराँती राजा र जनताको उल्लेख गरेको पाइन्छ । त्यसै गरी प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किराँत जाति किराँत सभ्यताको उल्लेख गरेको वा भनौ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किराँत, किराँती किराँत सभ्यताका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ ।
त्यसैले यस प्रदेशका किराँती मूलका माननीयहरू मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरूका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्यासी, दलितका साथै मधेसी मुलका माननीय ज्युहरूले पनि ‘किराँत’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरूलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि इतिहासकै कुरो गरौँः
फेरि पनि किराँत वा किराँतीहरूको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किराँतीहरूले शासन चलाई आएका थिए ।
यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किराँतीहरू पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किराँतीहरू विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किराँतभित्र ठूलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा क्षेत्रका केही जिल्लामा मात्रै आपूmलाई किराँत भन्नेहरूको वसोवास रहेको छ ।
यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रुपमा किराँती भनी चिनाउँने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भगौलिक एकीकरण भएसँगै आफ्ना पिता–पूर्खाहरूले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा “–‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन÷भनाउन वा लेख्न÷भन्न थालेका छन् ।
त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराँती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किराँतीहरूमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।
बहस र छलफलले नै सकारात्मक निकास दिने आशा गर्न सकिन्छ । तर, हाल भई रहेको बहस र छलफलको क्रममा एक पक्षले प्रदेशको नाम नदी सभ्यताका आधारमा मात्रै राख्नुपर्ने जोड गरेको देखिन्छ । जस्तो कि, ‘अरुण, बरुण, कोसी, सुनकोसी, कमला, मेची कन्काई आदि भने कसैकसैले विराट, हनुमाननगर, पूर्वाञ्चल, सगरमाथा, पाथीभरा’ आदि नाम राख्नुपर्ने वकालत गरी गरेको देखिन्छ भने, अर्को पक्षले ‘किराँत–लिम्बुवान’ वा ‘किराँत–खम्बुवान’ अथवा ‘किराँत’ नाम रहनुपर्ने/राख्नुपर्ने भनी आवाज उठाई रहेका छन्, बहस र छलफल चलाई रहेका छन् । तर, ‘किराँत–लिम्बुवान’ वा ‘किराँत–खम्बुवान’ अथवा ‘किराँत’ हुनुपर्छ भनी आवाज उठाउने पक्षको स्वर साह्रै मसिनो सुनिने गरेको देखिन्छ । कताकति नेपालका मूलधारका मिडियाहरूले पनि यस प्रदेशको नाम ‘किराँत–लिम्बुवान’ वा ‘किराँत–खम्बुवान’ अथवा ‘किराँत’ होस् भन्ने नचाहेको पो हो कि ? शंका गर्न सकिने केही आधारहरू छन् ।
हो, यो प्रदेशको नाम ‘किराँत–लिम्बुवान’ वा ‘किराँत–खम्बुवान’ जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रैपर्ने हुनाले कम्तिमा ‘किराँत’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किराँत’ भनेको केवल एक जातीय नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किराँत शब्द प्राचीन धर्म–ग्रन्थहरूमै पनि उल्लेख गरिएको छ भन्ने त माथि नै पनि एक प्रसंगमा उल्लेख गरिएको छ । अर्को भनेको हिजो–अस्तिसम्म नेपालका ‘हिन्दु, बौद्ध र किराँत’ एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मालम्बी हुन् ।’ भन्नेहरूको ठूलै जमात थियो । उनीहरू अहिले कता हराए ?
हुन पनि हो, यदि ‘हिन्दु, बौद्ध र किराँत’ एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मालम्बी हुन्’ भने, आर्य खस समूहलाई किराँत प्रदेश स्वीकार्न किन गाह्रो भएको हो ? त्यसैले एक नम्बर प्रदेशको नाम ‘किराँत’ राख्दा केवल एक जाति ‘किराँत’लाई मात्रै स्वीकार गरेको नदेखिएर/नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्म–ग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किराँतीहरू अहिले आएर एक जाति मात्रै नभएर महाजाति भई सकेका छन् । किनभने, किराँत भनेर आफूलाई दावी गर्ने जातिहरू अहिले साढे दुई दर्जनभन्दा बढी छन् । जस्तै “आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बु, याक्खा, सुनुवार आदि । माथि उल्लेखित जातिहरूले आफूलाई ‘किराँत÷किराँती’ भनी चिनाउँछन् ।
आशा गरौँ, सन्निकट आउन लागेको प्रदेशको अधिवेशनमा सबै राजनैतिक दलका माननीयहरूले किराँत प्रदेश नामका लागि एक ढीक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । माननीय ज्युहरूले आफ्नो दलको स्वार्थभन्दा पनि ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन, सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्न सकेमा नै दीर्घकालीन समाधान र फाईदा हुनेछ । साथै इतिहासमा तपाईँहरू अमर रहनु हुनेछ, सूपात्रका रुपमा चिनिनु हुने छ । त्यसैले हामी सबैले एक भएर किराँत प्रदेश स्विकार गरेर जाऔँ ।
प्रतिक्रिया