फाल्गुननन्द गोल्डकपको पुरस्कार सार्वजनिक

पाँचथर । जिल्ला को फिदिम मा हुँदै आएको फाल्गुननन्द गोल्डकप फुटवल प्रतियोगिताको पुरस्कार राशी सार्वजानिक गरिएको छ ।

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा हुने ११औँ संस्करण फाल्गुननन्द गोल्डकपमा ‘ए’ डिभिजनका क्लबहरुसहित १० टिम सहभागी हुने आयोजक क्लबले जनाएको छ ।

उक्त प्रतियोगिताको पुरस्कार १० लाख हुने र विभिन्न विधामा समेत पुरस्कारको स्थापना गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेरिएको हो ।

सो प्रतियोगिता ६ वर्षपछि पुस ६ गतेबाट १५ सम्म फिदिम माविको खेल मैदानमा प्रतियोगिता सम्पन्न गराउने कल्बका अध्यक्ष दिपेन्द्र थापामगरले जानकारी दिए । पत्रकार सम्मेलनमा कल्बका पूर्वअध्यक्षहरुको समेत आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया