काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ टी–२० महिला विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र कुवेतको प्रतिस्पर्धा हुँदै छ । सेभेन्स स्टेडियम दुबईमा खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको अन्तरले हराएर गर्दै विजयी सुरुवात गरेको थियो । त्यसैगरी आज पनि कुवेतलाई हराएर नेपाल लगातार दोस्रो जितको खोजिमा हुने छ ।
बुधबार उद्घाटन खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो । जवाफमा थाइल्यान्डले ११.४ ओभरमा केवल ३५ रन बनाएर सबै विकेट गुमाएको थियो । थाइल्यान्डविरुद्ध कप्तान कप्तान पुजा महोतोले अलराउन्ड प्रदर्शन गर्दा रचना कुमारी चौधरीले बलिङमार्फत उत्कृष्ट योगदान दिएकी थिइन् ।
पुजाले ३५ र बनाउँदा २ विकेट हात पारेकी थिइन् । रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन । रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिएकी थिइन् । नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रनको योगदान दिइन् ।
सोनी पाख्रिन १९ रनमा आउट हुँदा सिमाना केसी १९ रनमा नटआउट रहिन् । थाइल्यान्डकी चारुकन सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् । यस प्रतियोगितको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने अन्डर– १९ टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
बुधबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईएले कुवेतलाई १०३ रनले हराएको थियो । कुवेत यस खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुने छ । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, कुवेत र थाइल्यान्डको सहभागिता रहेको छ ।
प्रतिक्रिया