क्रिकेटर सम्झना खड्कालाई नगद १ लाखसहित जयपृथ्वी नगरपालिकाले गर्यो सम्मान

बझाङ । जयपृथ्वी नगरपालिकाले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी खेलाडी सम्झना खड्कालाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको छ । खेलमार्फत बझाङ जिल्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको भन्दै खड्कालाई सम्मान सहित पालिकाको तर्फबाट १ लाख रुपैयाँसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चेतराज बजालले जयपृथ्वी नगरपालिका र बझाङ जिल्लाको नामलाई खेलकुद मार्फत विश्व सामु पुर्याएको र यो सम्मानले अन्य खेलाडीहरूका लागि पनि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा खड्काले आफू सम्मानित हुँदा खुशी र गर्व महसुस भएको बताउँदै खेल जीवनलाई अझ उचाइमा पुर्याउन निरन्तर मिहिनेत गर्ने प्रतिबद्धता जनाए ।

उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमीहरू, समाजसेवीहरू, हरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया