काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो । हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा भने उपाधि विजेता श्रीलंकासँगै पराजित भएको थियो ।
प्रतिक्रिया