साफ च्याम्पियनसिप फाइनल : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनल खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग पराजित भएको छ ।

शुधबार साँझ भएको खेलमा बंगलादेशले नेपाललाई २–१ को गोलले हराउँदै च्याम्पियन बनेको हो । योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ ।

अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाँचौँ पटक उपविजेता बनेको थियो ।

प्रतिक्रिया