टि– २० क्रिकेट : नेपालसँग ओमान ५६ रनले पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले हराउँदै जित हात पारेको हो ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए ।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

प्रतिक्रिया