काठमाडौँ । मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको छ । ६ जनामध्ये दिवस बानिया र प्रियंश आचार्यको काठमाडौँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो भने अन्यलाई गृहजिल्ला पठाउने व्यवस्था मिलाइएको एन्फाले जानकारी दिएको छ ।
उनीहरूको शव हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको शवलाई गृह जिल्ला मकवानपुर पठाइएको थियो भने आदित्य बलम्पाखीको शव गृह जिल्ला सर्लाहीको लालबन्दी लगिएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया