शकिब अल हसनबाट सन्यासको घोषणा

ढाका । बंगलादेशका अल राउन्डर शकिब अल हसनले टी–२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्टअघि मिडियासँग कुरा गर्दै उनले गत टी–२० विश्वकप नै आफ्ना लागि टी–२० मा अन्तिम खेल भएको बताए । उनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध हुने भनिएको टेस्ट खेल आफ्नो अन्तिम टेस्ट हुने बताएका छन् ।

उनले बंगलादेशका लागि एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने बताए । शकिबले बंगलादेशमा अहिलेको परिवर्तित अवस्थामा खेल्न सक्ने अवस्था भएमा दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्ने बताए । आफू आफ्नो सुरक्षाको विषयमा सचेत रहेको भन्दै अहिले बंगलादेशमा अवस्था सुध्रिएको बताए ।
शकिब पछिल्लो शेख हसिना नेतृत्वको पार्टीका निर्वाचित सांसद थिए । बंगलादेशमा हसिनाको पत्नपछि शकिबमाथि पनि मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग उठिरहेको थियो । ३७ वर्षीय शकिब विश्व क्रिकेटमै उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनले अहिलेसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४ हजार ६०० रन बनाएका छन् भने २४२ विकेट पनि लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेल खेल्दै ७ हजार ५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।

त्यसैगरी टी–२० क्रिकेटमा १२९ खेलमा २ हजार ५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् । इएफएल काराबाओ कप फुटबलअन्तर्गत लिभरपुल अर्को चरणमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडलाई ५–१ गोलले पराजित गर्दै लिभरपुल अर्को चरणमा उक्लिएको हो ।

लिभरपुलका लागि डिओगो जोटा र कोडी गाक्पोले २–२ तथा मोहमद सलाहले १ गोल गरेका थिए । वेस्टह्यामका लागि आत्मघाती गोल प्राप्त भएको थियो । लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए । यो जितसँगै लिभरपुलले अर्को चरणमा ब्राइटनको सामना गर्नेछ । पराजित भएको वेस्टह्याम युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा आर्सनलले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बोल्टन वान्डरेसलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनलले सानदार जित निकालेको हो । आर्सनलको जितका लागि इथान न्वानेरीले २ तथा डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभर्ट्जले एक–एक गोल गरेका थिए । बोल्टनका लागि आरोन कोलिन्सले १ गोल फर्काए । आर्सनलका राइसले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, न्वानेरीले ३७औँ र ४९औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई तेब्बर बनाए । त्यसपछि ५३औँ मिनेटमा बोल्टनका कोलिन्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । यस्तै, ६४औँ मिनेटमा स्टर्लिंङ र ७७औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई ५–१ को जित दिलाए ।

प्रतिक्रिया