बेलायतका प्रधानमन्त्रीलाई नेपालको जर्सी उपहार

काठमाडौं । बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ । नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी उपहार हस्तान्तरण गरेकी हुन् ।

सुनकलाई टी-२० विश्वकपमा खेल्ने जर्सी उपहार स्वरुप प्रदान गरिएको हो । जर्सी उपहार पाएसँगै सुनकले खुशी व्यक्त गरेका थिए । नेपाल र बेलायतबीच १९२३ डिसेम्बर २१ मा एउटा सन्धि भएको थियो ।

जुन नेपालको इतिहासमै महत्त्वपूर्ण थियो । यो सन्धिका माध्यमले पहिलोपटक बेलायतले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र रहेको घोषणा गर्दै यसलाई सार्वभौम सत्ता सम्पन्न मुलुकका रूपमा मान्यता दिएको थियो ।

प्रतिक्रिया