सिजीमा भएको आक्रमणप्रति परिसंघको ध्यानाकर्षण

काठमाडौं । सिजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको जनाएको छ । सिजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको भन्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको छ । ‘देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघ माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

हालको विषम परिस्थितिमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रूपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा परिसंघले जोड दिएको छ ।

प्रतिक्रिया