साना व्यवसायीलाई सहयोग

महोत्तरी । जिविकोपार्जनका लागि साना व्यवसाय संचालन गर्न महोत्तरी जिल्लाका दुई पालिकाका सेवाग्राहीलाई सामग्री वितरण गरिएको छ । इस्लामिक रिलिफ युएसए को आर्थिक सहयोग र इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको सहजिकरणमा सञ्चालित उत्थानसिल सामुदायको निर्माण परियोजना अन्र्तगत महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका–२ र ७ तथा बलवा नगरपालिका– १ र ३ का साना व्यवसायको लागि सो सामग्री वितरण गरिएको हो ।

सामग्री वितरण कार्यक्रम अन्र्तगत लोहरपट्टी नपामा ३ जना लाभग्राहीलाई खाजा पसल सञ्चालन गर्न सामग्री र २१ जना लाभग्राहीलाई किराना पसलका सामग्री लोहरपट्टी नपा वडा नं.७ का वडा अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा वितरण भएको छ ।
दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथि तथा इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरीको बिशिष्ठ अतिथ्यमा सामग्री वितरण कार्यक्रम भएको थियो ।

त्यसै गरी बलवा नगरपालिका–३ मा ५ जना लाभग्राहीलाई खाजा पसलका सामग्री र १५ जना लाभग्राहीलाई किराना पसलका सामग्रीहरु बलवा नगरपालिका–३ का वडा अध्यक्ष राम शरण यादवको अध्यक्षता तथा दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरी बिशिष्ठ अतिथिको उपस्थितिमा सो सामग्रीहरु वितरण गरिएको हो । सो परियोजना अन्तरगत खैलोना पसल, जुत्ता चप्पल पसल, सिलाई कटाई पसल, भाडा वर्तन र कस्मेटिक पसलको सामग्री साना व्यवसायको लागि उघमशिलता विकास तालिम लिएको २१ जना लाभग्राहीको वितरण गरिने योजना रहेको उत्थानसिल सामुदायको निर्माण परियोजनाको कार्यक्रम संयोजक उमेश साहले जानकारी दिए ।

प्रतिक्रिया