काठमाडौँ । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बबरमहलस्थित बबरमहल भिलास काठमाडौँमा बैंकको कार्ड तथा मोबाइल बैँकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज एन्ड स्पासम्बन्धी सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैँकको दाबी छ ।
प्रतिक्रिया