काठमाडौं । टिभिएसको नयाँ स्कुटर टिभिएस जुपिटर–११० नेपालमा सार्वजनिक भएको छ । टिभिएस ब्रान्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिस डिजाइन गरिएको छ । सबै उमेर, लिंग र शारीरिक बनावट भएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको कम्पनीको भनाइ छ ।
यसको आकर्षक पियानो ब्ल्याक फिनिस र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिँदो सौन्दर्य रुचिलाई झल्काउँछ । साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रंगीन स्पिडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन् । यो स्कुटरको सुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया