अश्लिल गतिविधी सार्वजनिक गरीदिने भन्दै बल्याक मेल गर्ने अधिकारी पक्राउ

काठमाडौं । अश्लिल गतिविधी सार्वजनिक गरीदिने भनि बल्याक मेल गर्ने व्यक्ती पक्राउ परेका छन् । नेपाल प्रहरीको साइवर ब्युरोले सिन्धुली तीनपाटन गाउँपालिका ८ स्थायी ठेगाना भई काठमाडौं बुढानिलकण्ड ८ बस्ने वर्ष ३६ को कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरी सोको लागि फिजिकल फिटनेसको चेकजाच गर्नु पर्ने भनि नग्न फोटो तथा भिडियो मागेर आफूले भने अनुसारका गतिविधी नगरे सोही भीडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरीदिने भनि बल्याक मेल गरेको प्रहरीले जनाएको छ ।

अधिकारीलाई विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको साइवर ब्युरोका सूचना अधिकारी दिपकराज अवस्थीले जनाएका छन् ।

प्रतिक्रिया