कलकत्ताको रोमाञ्चक जित

काठमाडाैं । इन्डियन प्रिमियर लिगको आइतबार भएको रोमाञ्चक खेलमा कलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर बंगलोरलाई १ रनले हराएको छ । कलकत्ताले दिएको २२३ रनको लक्ष्य पछ्याएको बंगलोरले पुरा ओभरमा १० औ विकेट गुमाउँदै २२१ रन जोडेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले फिल साल्टले १४ बलमा ४८ रन प्रहार गरे पछि ६ विकेटको क्षतीमा २२ रन जोडेको हो । २२३ रनको लक्ष्य पछ्याउने क्रममा अघि बढेको बंगलोरलाई रोक्ने क्रममा आन्द्रे रसेलले ३ ओभरमा २५ रन खर्चिँदै ३ विकेट लिए । रसेलले अविजित २७ रन पनि जोडेका थिए ।

अन्तिम ओभरमा २१ रन चाहिएको अवस्थामा कारण शर्माले मिचेल स्टार्कलाई पहिलो चार बलमा ३ छक्का प्रहार गरेका थिए ।

ओभरको पाँचौँ बलमा स्टार्कले नै रिटर्न क्याच लिए पछि कलकत्ताको जितको बाटो तय भएको हो । अन्तिम बलमा दोस्रो रन लिने क्रममा लुक्की फर्गुसन आउट भए । जित पछि कलकत्ता दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया