हङकङसँग हार्यो नेपाल, एसिया कपसँगै इमर्जिङ टिम्स पनि गुमायो

काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा नेपाल तेस्रो स्थानको खेलमा हङकङसँग चार विकेटले हारेको छ । यो हारसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप गुमाएको छ ।

तेस्रो भएको ङकङसँगै फाइनलमा पुगेका यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग खेल्नेछन् ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यसअघि ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट मैदान–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।

अन्तिम ओभरमा दीपेन्द्रले तीव्र गतिका बलर अजिज खानलाई समान दुई चौका र छक्कासहित कुल २० रन जोडेका थिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल ०, आसिफ शेख ५, सोमपाल कामी १२, रोहित पौडेल २१, सन्दीप जोरा २२, कुशल मल्ल १३, गुलशन झा ६ र करण केसीले ३ रनमा आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए । नेपालले पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित हुँदै एसिया कप खेल्ने अवसर गुमाएको थियो ।

हङकङ सेमिफाइनल खेलमा ओमानसँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपाल समूह ‘ए’ मा सबै चार खेलमा जितका साथ समूह विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । हङकङ समूह ‘ए’ बाट नै २ खेलमा जितका साथ नेटरनरेटमा कतारलाई पछि पारेर खेलेको थियो । एसिया कपमा पुग्न आइतबार फाइनलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया