एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा आज नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

नेपाल युएईसँग ६ विकेट र हङकङ ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

प्रतिक्रिया