काठमाडौं । विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री सुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठुलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो ।
गत १८ वर्ष देखि ऐसले अमेरीकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरि ६६ राष्ट्रहरूमा १,१०० भन्दा बढि होमस्टेहरु छन् । ऐसलेको आधिकारीक विक्रेताको रुपमा एसएन जोशी एण्ड सन्स कम्पनी रहेको छ ।
टेकुस्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ भने ग्राहकहरुले विभिन्न आधुनिक रुपमा लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहने जनाइएको छ ।
प्रतिक्रिया