एसबिआई मर्चेन्टमा विद्यार्थीलाई बम्पर छुट

काठमाडौं । एसइई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न २०८१ जेष्ठ मसान्तसम्मका लागि विभिन्न बम्पर छुट सहितका योजनाहरू सार्वजनिक गरेको छ ।

यस्ता खाताहरूको सहज पहुँचले विद्यार्थीहरूलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरूमा सानै उमेरदेखि जागरूप गर्ने विश्वास कम्पनीले लिएको छ । छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरू तथा नेपाल एसबिआई मर्चेन्ट बंैकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया