‘अरूभन्दा बढी ध्यान बझाङलाई दिन्छु’

बझाङ । बझाङलाई अरूभन्दा बढी ध्यान दिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताएका छन् । बिहीबार सदरमुकाम चैनपुरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा मन्त्री जोशीले यस्तो कुरा बताएका हुन् । मन्त्री जोशीले भने, ‘म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहँदासम्म देशकै मन्त्री भए पनि बझांगी जनतालाई बढी ध्यान दिनु मेरो पहिलो कर्तव्य भएको र मन्त्रीमा रहँदासम्म समाज रूपान्तरण र देशको विकास निर्माणमा इमानदारीपूर्वक लाग्नेछु ।’

फरक प्रसंगमा बोल्दै मन्त्री जोशीले कतिपय युवापुस्ताहरूले नेताले भष्टचार गर्छ, देश निर्माणमा पुराना नेताहरूको भूमिका नभएका जस्ता सोच विचार र भाष्य निर्माण गरिरहेको बताए । उनले पहिला बझांगी जनताले चैनपुरसम्म कच्चीबाटो भए पनि पु¥याउनुपर्छ भन्ने आवाज हुन्थ्यो अहिले गाउँगाउँसम्म सडक सञ्जाल धमाधम जोडिँदैछन् । हाम्रो लक्ष्य भनेको साइपाल गाँउपालिकाबाहेक अन्य पालिकाको केन्द्रसम्म दुई वर्षभित्र सडकको स्तरवृद्धि गर्ने जिल्ला विकास निर्माण गर्न हामी सबै लाग्नुपर्ने बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संविधानसभा सदस्य अफिलाल ओखेडाले भने साइपाल गाउँपालिकासम्म चाँडोभन्दा चाँडो सडक जोड्नुपर्ने विस्तार भएका सडकलाई कालोपत्रे बनाउन पहल गर्नुपर्ने, खप्तडमा केबवलकार सञ्चालन गर्नुपर्ने, जडिबुटी प्रशोधन गर्नुपर्ने, विकासका लागि बझांगी जनता र नेताहरूले एकजुट भए जिल्लाको विकासका लागि केही मान्न सकिने बताए ।

कार्यक्रम बोल्ने अधिकांश वक्ताहरूले पालिकाहरूमा समयमै कार्यकारी पठाउनुपर्ने सरुवा फुकुवा गर्नुपर्ने, दार्चुला जाने सडक बिस्तार गर्न पहल चाल्नुपर्ने, ताक्लाकोट नाका छिटो खुलाउन पहल गर्नुपर्ने लगायतका सुझावहरू दिएका थिए । कार्यक्रममा सरकारी कार्यालका प्रमुख जनप्रतिनिधि स्थानीय र पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया